भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभ थापा निर्वाचित – Himalayan Dainik

भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभ थापा निर्वाचित


भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभ थापा निर्वाचित

भक्तपुर, १४ मंसिर – नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा शानदार मतका साथ निर्वाचित भएका छन् ।

मंगलबार बिहान प्राप्त मतगणनाको अन्तिम नतिजा सभापतिमा निर्वाचित थापाले ५५५ मत पाएका छन् । सभापतिमा निर्वाचित थापा सभापति शेरबहादुर देउवा निकटका हुन् । थापा यसअघि पनि भक्तपुर कांग्रेसको सभापति थिए ।

सभापतिका अर्का उम्मेदवार अष्टकुमार कबे पराजित भएका छन् । कबेले ४४२ मत पाएका थिए । सभापतिमा पराजित भएका कबे नेता रामचन्द्र पौडेल समूहका हुन् ।

पदाधिकारीमा उप–सभापतिमा विजेश अवाल र उर्मिला बन निर्वाचित भएका छन् । सचिवमा राजेश खड्का र सुशील बस्नेत निर्वाचित भएका छन् । सह–सचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने निर्वाचित भएको तरुण दलका भक्तपुर सदस्य राजु पुरीले जानकारी दिएका छन् । पदाधिकारीमा निर्वाचित सबै सभापति थापाको प्यानलका हुन् ।