चितवन, १३ मंसिर – चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशमा अध्यक्षसहित १४ जना पदाधिकारीमा निर्वाचन हुने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको हो ।
अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीपछि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनावबाट पदाधिकारी टुंगो लाग्ने भएको हो ।
जसअनुसार अब १ जना अध्यक्ष, ६ जना उपाध्यक्ष र ७ जना सचिव निर्वाचनमार्फत टुंगो लाग्ने भएका छन् । पार्टीको विधान अनुसार १९ जना पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिव निर्विरोध निर्वाचित भइसकेका छन् ।