काठमाडौं, १३ मंसिर – राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । २०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो ।
एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । यसअघि राजेन्द्र लिङदेनले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिसकेका छन् ।