एमाले सचिवमा टंक कार्कीले पनि दिए उम्मेदवारी – Himalayan Dainik

एमाले सचिवमा टंक कार्कीले पनि दिए उम्मेदवारी


एमाले सचिवमा टंक कार्कीले पनि दिए उम्मेदवारी

चितवन, १३ मंसिर – नेकपा (एमाले)का नेता टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सौराहमा चलिरहेको १०औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले सहमतिका लागि १९ जना पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए । उक्त सूचीमा नपरेका नेता कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

ओलीले प्रस्ताव गरेको सचिवहरूमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।

यी नामहरूप्रति असहमति प्रकट गर्दै उनले छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।