कांग्रेसको काठमाडौँ जिल्ला सभापतिमा बानियाँ विजयी – Himalayan Dainik

कांग्रेसको काठमाडौँ जिल्ला सभापतिमा बानियाँ विजयी


कांग्रेसको काठमाडौँ जिल्ला सभापतिमा बानियाँ विजयी

काठमाडौँ, १३ मंसिर – नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ ।

अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित हुनुभयो । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाउनुभएको छ ।

बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गर्नुभएको थियो । यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ ।

कांग्रेसको काठमाडौँ जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी हुनुभएको छ । केसीले १९२२ र नकर्मीले १८२९ मत पाउनुभएको छ । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी हुनुभयो ।