दाङका ६ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन – Himalayan Dainik

दाङका ६ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन


दाङका ६ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

तुलसीपुर, १३ मंसिर – नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये ६ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण , बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ । निर्वाचन समितिले जनाए अनुसार घोराही उप-महानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।