विष्णु पौडेलद्वारा एमाले उपाध्यक्षमा उम्मेदवारी दर्ता – Himalayan Dainik

विष्णु पौडेलद्वारा एमाले उपाध्यक्षमा उम्मेदवारी दर्ता


विष्णु पौडेलद्वारा एमाले उपाध्यक्षमा उम्मेदवारी दर्ता

चितवन, १३ मंसिर – एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको जारी १० औं महाधिवेशनमा सहमति जुट्न नसकेका पदमा पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । एमालेको नयाँ नेतृत्वका लागि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।