दुई सन्तानसहित सर्लाहीमा महिला मृत फेला – Himalayan Dainik

दुई सन्तानसहित सर्लाहीमा महिला मृत फेला


दुई सन्तानसहित  सर्लाहीमा महिला मृत फेला

काठमाडौँ, १२ मंसिर – सर्लाहीमा आफ्ना दुई सन्तानसहित एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

बरहथवा नगरपालिका १ हजरिया निवासी शिव हजारीकी २६ वर्षीय पत्नी घरभित्रै झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अनुसार कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेका छन् । मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।

शवका पोष्टमार्टमका लागि अस्पताल लगिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।