ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका – Himalayan Dainik

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

बैंकले हाल कायम चुक्तापूँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी छ ।

प्रस्तावित उक्त लााभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंसिर १२ गतेसम्म लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि शेयर कायम गर्नुइपर्ने भएको हो ।