कक्षा–११ को रजिष्ट्रेसन फाराम खुल्यो – Himalayan Dainik

कक्षा–११ को रजिष्ट्रेसन फाराम खुल्यो


कक्षा–११ को रजिष्ट्रेसन फाराम खुल्यो

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा–११ को रजिष्ट्रेसन फाराम खुलाएको छ । बोर्डले शैक्षिकसत्र २०७८/७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको हो ।

बोर्डले आउँदो पुस २१ गतेसम्म ४०० रुपैयाँ फाराम शुल्क, एसईई ग्रेडसिटको प्रतिलिपिसहित फाराम बुझाउने मिति तोकेको छ । तोकिएको समयमा फाराम नबुझाए पुस मसान्तसम्म दोब्बर शुल्क तिरेर फाराम भर्न सकिने जनाएको छ ।