उद्योगपति विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि बने – Himalayan Dainik

उद्योगपति विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि बने


उद्योगपति विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि बने

नवलपरासी – उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

सोमबार भएको निर्वाचनमा उनी नवलपरासीबाट मधेसी कोटामा महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । चौधरी सर्वसम्मरुपमा महाधिवेशन प्रतिनिधिमा चयन भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औँ महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।