भीम रावलले मलाई चुनौती दिनुभएको छैन : ओली – Himalayan Dainik

भीम रावलले मलाई चुनौती दिनुभएको छैन : ओली


भीम रावलले मलाई चुनौती दिनुभएको छैन : ओली

काठमाडौँ – नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले आफूलाई चुनौती नदिएको बताएका छन् ।

मंगलबार सम्‍पादकसँगको अन्‍तर्क्रियामा अध्यक्ष ओलीले रावलले माया देखाएको बताए । ‘मिसइन्टरप्रेट भएको छ । रावल जिले मलाई चुनौती दिनु भएको छैन,’ उनले भने, ‘माया देखाउनु भएको छ । उहाँले कुनै चुनौती भन्नु भएको छैन । स्नेहपुर्ण सुझाव हो ।

एमाले लोकतान्त्रिक पार्टी हो, कुनै दबाब हुँदैन । म विरुद्ध उठ्छु भन्छ भने दिन पाइन्छ । मलाई कसैले चुनौती दिए स्वागत गर्छु । निर्विकल्प हुन पाए वा क्या भन्ने नै हुँदैन । म उठ्ने भएँ भने कोही अरु नउठे हुन्थ्यो पनि भन्दिनँ । कसैलाई अलिकति पनि दबाब महसुस हुने अभिव्यक्ति दिँदिनँ । म अहिलेसम्म उठ्ने र नउठ्ने भन्दिनँ । लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज नगरी सहमति हुन्छ भने राम्रो कुरा हो । सहमति हुँदैन भने कसैलाई करकाप गरेर भाँजो हाल्दिनँ ।’