१८ वर्षमाथिका सबैलाई कोरोना विरूद्वको खोप – Himalayan Dainik

१८ वर्षमाथिका सबैलाई कोरोना विरूद्वको खोप


१८ वर्षमाथिका सबैलाई कोरोना विरूद्वको खोप

काठमाडौँ, ६ मंसिर  – अब १८ वर्षभन्दा माथिका सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।

पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको हो ।

मन्त्रालयकाले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गइ खोप लगाउन आग्रह समेत गरेका छन । सरकारले आउँदो पुसभित्र दुई तिहाइ र चैतसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।अहिलेसम्म कुल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ ।