काठमाडौँ उपत्यकामा थप १३० जनामा कोरोना पुष्टि – Himalayan Dainik

काठमाडौँ उपत्यकामा थप १३० जनामा कोरोना पुष्टि


काठमाडौँ उपत्यकामा थप १३० जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ गरी १३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ४७७ पुगेको छ ।