प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन – Himalayan Dainik

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन


प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि धर्ना जारी राखेका छन् ।

सर्वोच्च अदालत परिसरमा भेला भएर धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।

आन्दोलनअन्तर्गत नेपाल बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका बहस पैरवी नगर्ने निर्णय गरेको छ ।