नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण – Himalayan Dainik

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण


नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

जनकपुरधाम – प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुद्यन महतो र  कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवले शपथ ग्रहण गरेका हुन् ।

जनकपुरधामस्थित मधेश भवनमा आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।