सप्तरी जिल्लामा अवस्थीत सत्तकोशी (कोशी ब्यारेज) – Himalayan Dainik

सप्तरी जिल्लामा अवस्थीत सत्तकोशी (कोशी ब्यारेज)


सप्तरी जिल्लामा अवस्थीत सत्तकोशी (कोशी ब्यारेज)

सप्तरी – संघिय संरचना पश्चात नेपालको प्रदेश नं २ को सप्तरी जिल्ला स्थित यो सप्तकोशी नगरपालिका साविकका गाँविसहरु फत्तेपुर,ओद्राहा, र कमलपुर मिलाई २०७१र०८र१६ का दिन घोषणा भएको हो ।

नेपालको पवित्र एवं सवैभन्दा ठुलो नदीको रुपमा चिनिने सप्तकोशी नदीको नामबाट नामाकरण गरिएको छ । यो नगरपालिका प्राकृतिक स्रोत र साधनले सम्पन्न, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । कुल ६०,२ वर्ग किमि क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ११ वटा वडा रहेका छन् । जसमा विभिन्न जातजाती, भाषाभाषी तथा संस्कृति र परम्पराले भरिपुर्ण करिब २७,००० जनसंख्याको बसोबास रहेको छ ।

यस नगरपालिकाको पूर्वमा सप्तकोशी नदि तथा कोशी टाप्पू वन्यजन्तु आरक्ष पश्चिममा चुरे पहाड,उत्तरमा त्रियुगा नदि तथा बेलका नगरपालिका, दक्षिणमा कन्चनरुप नगरपालिका बीच अवस्थित रहेको छ ।

यस सप्तकोशी नगरपालिकाको फत्तेपुर बजारको शिरोभागमा ऐतिहासिक चन्द्रनहरको सि‌चाई प्रणालीमा त्रियुगा नदीको मुलधार प्रवाहित भइ बगिरहेको परिवेश अवस्थित छ । साथै यो नगरपालिका पुर्व,पश्चिम हाइवेको कन्चनपुर देखि १२ किमि उत्तरमा अवस्थित छ ।

नेपालको प्रथम चन्द्रनहर, पौराणिक कोशी मेला, कमल दह पर्यटकीय स्थल सिमसार क्षेत्र तथा अर्नाको लागि होटेल पर्यटन हाति सवारको सम्भावना भएको पूर्वको सौराहाको रुपमा लिईने प्रसिद्ध कोशी टप्पु बन्यजन्तु आरक्ष, तुलसी चौक पिकनिक स्पोर्ट र चुरेक्षेत्रको घना जंगल तथा मनोरम ठुम्काहरुले यस नगरपालिकामा पर्यटन पर्यावरणको प्रचुर सम्भावना बोकेको देखिन्छ ।