महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्छ : नेता ज्ञवाली – Himalayan Dainik

महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्छ : नेता ज्ञवाली


महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्छ : नेता ज्ञवाली

काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्ने बताएका छन् ।

 प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटिले काठमाडौँमा आयोजना गरेको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको विचार र नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्ने बताएका हुन्  ।

अबको महाधिवेशनलाई एकता, उर्जा र संकल्पको रुपमा लिइएको भन्दै प्रवक्ता ज्ञवालीले पार्टी फुटाउन एमालेभित्रकै पात्रहरुले भूमिका खेलेको आरोप लगाए । अबको महाधिवेशन पार्टी निर्माण र देश निर्माणमा केन्द्रीत रहेको समेत ज्ञवालीले प्रष्ट पारे ।

चितवनमा यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुन गइरहेको महाधिवेशनमा पाँच लाख जनाले सहभागिता जनाउन मिल्ने गरी व्यवस्था गरिएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।