माओवादीबाट वडाध्यक्ष जितेका दुई जना एमालेमा प्रवेश – Himalayan Dainik

माओवादीबाट वडाध्यक्ष जितेका दुई जना एमालेमा प्रवेश


माओवादीबाट वडाध्यक्ष जितेका दुई जना एमालेमा प्रवेश

धनकुटा – माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।

सोमबार शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका–९ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका–३ मा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट एमाले रोजेका नेता कार्यकर्तालाई अध्यक्ष केपी ओली, सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापालगायतका नेताहरूले स्वागत गरेका छन् ।