टिम बनाउने कसरतमा सभापति देउवा – Himalayan Dainik

टिम बनाउने कसरतमा सभापति देउवा


टिम बनाउने कसरतमा सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवशनमा आफ्नो समूह निर्माणका लागि छलफल सुरु गरेका छन् । मंसिर २४ का लागि तोकिएके १४औं महाधिवेशनले नयाँ नेतृत्व मात्र छनोट गर्ने भएपछि सोमबार आफ्नै निवास बूढानीलकण्ठमा निकटहरूको भेला राखेका हुन् ।

जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताले जित्नुपर्नेमा जोड दिँदै सहभागी नेताले प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रमा पनि आफ्नो समूह तत्काल घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

भेलाको सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो समूहबाट १४औं महाधिवेशनमा सभापतिको एक मात्र उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा रहेको धारणा राख्दै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा भने आकांक्षी धेरै रहेको भन्दै एजेन्डा पेस गरेका थिए ।