मुस्ताङमा हिम पहिरोका कारण ११ घाइते – Himalayan Dainik

मुस्ताङमा हिम पहिरोका कारण ११ घाइते


मुस्ताङमा हिम पहिरोका कारण ११ घाइते

काठमाडौं – मुस्ताङमा भयानक हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीका अनुसार आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्ने क्रममा ११ जना सामान्य घाइते जनाएका छन् ।

हिम पहिरो गएको स्थान धेरै टाढा भएकोले प्रहरी नपुगेको जनाइएको छ । हिम पहिरोको असर थासाङ गापा–२ को कोवाङ, नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ ।

हिम पहिरोसँग आएको गेग्रानहरु बेनी–जोमसोम राजमार्गसम्म आइपुगेको प्रहरी निरीक्षक पौडेलले बताए । सो क्षेत्रमा पुन हिम पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई उच्च सर्तकता अपनाउन समेत उनले आग्रह गरे ।