एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर बने : पल शाह – Himalayan Dainik

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर बने : पल शाह


एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर बने : पल शाह

काठमाडौं एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार ब्रान्ड एम्बेस्डरमा पल शाहलाई नियुक्त गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

बैंकको भि केवाईसीको प्रोमोमा पनि पलले नै अभिनय गरेका छन् । एनएमबि बैंकले भिडियो केवाईसी सेवा सुरूवात गरेको छ ।

बैंकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडियो कलबाट केवाईसी भेरिफिकेसन पश्चात् ५ मिनेटमै खाता खोल्न सकिने जनाएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गर्दै भिडियोबाटै केवाईसीको भेरिफिकेसन गर्न सकिने सेवा भिकेवाईसीको शुभारम्भ गरेको हो ।