प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी – Himalayan Dainik

प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी


प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी

जनकपुरधाम – प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादीलाई ल्याउने तयारी सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ दलकै एक जना मन्त्रीलाई राजीनामा दिलाएर नेकपा (एस)लाई सरकारमा ल्याउने तयारी सुरु गरेको स्रोतले जनाएको छ ।

आइतबार मुख्यमन्त्री राउतले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायको राजीनामा मागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनको राजीनामा आएसँगै मंगलबार नेकपा (एस)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ ।