अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ता – Himalayan Dainik

अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ता


अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ता

मुम्बई – बलिउड अभिनेत्री कंगना रनौत विवादमा परेकी छिन् ।

अभिनेत्री​ कंगनाले भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिएकोमा भन्दै आम आदमी पार्टीकी एक नेताले उजुरी हालेकी छिन् ।

उनको भनाईलाई देशद्रोही अभिव्यक्ति भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले मुम्बई प्रहरीमा उजुरी हालेकी हुन् । यसअघि भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।