चोलेन्द्रविरुद्ध आजदेखि बारले देशव्यापी आन्दोलन गर्ने – Himalayan Dainik

चोलेन्द्रविरुद्ध आजदेखि बारले देशव्यापी आन्दोलन गर्ने


चोलेन्द्रविरुद्ध आजदेखि बारले देशव्यापी आन्दोलन गर्ने

काठमाडौं – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनलाई आजदेखि देशव्यापी बनाउने भएको छ ।

जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ । आजदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

शुक्रवार जबरालाई अदालतको गेटमा छेकेको बारले आज पनि अदालत प्रवेश गर्न नदिने र सर्वोच्चका दुवै ढोकामा धर्ना दिने तयारी गरेको छ ।