सांसद बस्नेतद्वारा चार आयोजनाको शिलान्यासः चालु आयोजनहरुको अनुगमन – Himalayan Dainik

सांसद बस्नेतद्वारा चार आयोजनाको शिलान्यासः चालु आयोजनहरुको अनुगमन


सांसद बस्नेतद्वारा चार आयोजनाको शिलान्यासः चालु आयोजनहरुको अनुगमन

भक्तपुर, २८ – नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले चार वटा आयोजनाको शिलान्यास गर्नुभएको छ भने चालु आयोजनाको अनुगमन गर्नुभएको छ ।

सांसद बस्नेतको विशेष पहलमा संघिय सरकार बाट विनियोजित रु ७१ लाख ५७ हजार ७ सय ८२ लागतमा सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू, किवाचोकको ज्यूति माविबाट कोजु टोल हुँदै मोडन डेरी निस्कने बाटो ६ मिटर चौडा विस्तार र स्तरोन्नतीका लागि विधिवत् रुपमा शिलान्यास गरी गर्नुभएको छ । त्यस्तै संघीय सरकारबाट विनियोजित रु ४७ लाख ५३ हजार ४ सय ३६ रुपैंयामको लागतमा मध्यपुर थिमी नगरपालिका वडा नं २ सगरमाथा टोल स्थित बालशिक्षा उद्यान मन्टेश्वरी स्कुल आसपासको क्षेत्रको सडक ६ मिटर चौडा विस्तार र स्तरोन्नतीको शिलान्यास गर्नुभयो । त्यस्तै सांसद बस्नेतले संघीय सरकारबाट विनियोजित रु ७१ लाख ५७ हजार २ सय २३ रुपैंयाको लागतमा मध्यपुर थिमी नगरपालिका वडा नं १ सम्पदा टोल नयाँ मार्ग लोकन्थली सडक स्तरोन्नती र ढुङ्गा छपाईका लागि शुभारम्भ गर्नुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूको माता पाथीभरा वैष्णवी देवी तथा श्री द्वारकापूरी दिव्य धाम आश्रमको प्राङ्गणमा संघ, प्रदेश, नगरपालिकाबाट बिनियोजित बजेटका साथै भक्तजनहरुबाट संकलित चन्दाबाट निर्माण समपन्न तल उल्लेखित भौतिक संरचनाहरुको विधिवत् रुपमा समुद्घाटन गर्नुभयो । जसमा गुरुकुल पाठशाला कक्ष, जमरा कक्ष, हमन कक्ष, गुरु कक्ष, ज्योतिष कक्ष, खाधान्न भण्डार कक्ष, भोजनालय कक्ष, निर्माण सम्पन्न १०० केजीको घण्टा रहेको छ । उक्त कार्यक्रममा बाग्मती प्रदेशका सदस्य शशी जंग थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतल लगायतको उपस्थिती रहेको थियो ।

सांसद बस्नेत सहित वडा अध्यक्षहरु सानुकाजि कायष्थ,उत्तम थापा लगायतको टिम संघीय सरकारबाट विनियोजित रु २ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ र ४ को सिमानामा पर्ने चरखण्डी हुँदै पात्लेटार जाने सडक ८ मिटर चौडा विस्तार र स्तरोन्नती पश्चात् आज भैरहेको कालोपत्र (आस्फाल्ट पिच) गर्ने कार्यको स्थलगत निरीक्षण गर्नुभयो ।

सांसद बस्नेतसहितवडा अध्यक्ष रविन्द्र सापकोट, वडा सदस्य अर्जुन खतिवडा, सडक डिभिजन कार्यालयका ईन्जिनियर राकेश श्रेष्ठ लगायतको टिमले सडक डिभिजन भक्तपुरद्वारा सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूको मुख्य चोक (प्रहरी चौकी)देखि खहरेसम्मको सडकमा भैरहेको ओभरले (आस्फाल्ट पिच) गर्ने कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा देखिएका समस्याहरुलाई समाधान गरी दिगो र प्रभावकारी रुपमा निर्धारित समयमा नै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । संघीय सरकारबाट विनियोजत रु २ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १० चितापोलको जोरपाटी वडा कार्यालय जाने बाटो ८ मिटर चौडा विस्तार, स्तरोन्नती र फुटपात सहित कालोपत्र (आस्फाल्ट पिच) गर्न साथ सहयोग र सहजिकरण गर्ने जग्गा धनी, निर्माण व्यवसायी, जनप्रतिनिधि र स्थानीय टोल बासीहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।