विषादीरहित तरकारी खेतीका लागि सिप सिक्दै किसान – Himalayan Dainik

विषादीरहित तरकारी खेतीका लागि सिप सिक्दै किसान


विषादीरहित तरकारी खेतीका लागि सिप सिक्दै किसान

नुवाकोट – हामी तरकारी खेती त गर्दै आएका थियौं तर किराले बाली भुसुक्कै पार्थयो । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो । प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका –११ क जयनारायण मुडभरीले भने,अब पहिला भन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।

मुलुकका ६० भन्दा बढी जिल्लाका चारसय बढी कृषि फार्ममा लामो समयदेखि तरकारी खेतीमा परामर्श दिँदै आएका भक्तपुरका शिव यन्द्योले स्थानीय किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अनुभव बाँडेपछि किसान उत्साहित छन् ।

ती गाउँस्थित कँडेल कृषि फार्मका सञ्चालक गोपी कँडेल र दाङ्मैस्थित सड्सि पर्माकल्चरका पर्माकल्चरका सञ्चालक किशोरी लोहनीको पहल तथा नगरपालिकाको सहयोगमा पालिकाको वडा नं ११ मा आयोजित तालिम उन्नत मलखादको उत्पादन र प्रयोग,आधुनिक नर्सरीको निर्माण,विषादीरहित तरकारी उत्पादन,व्यावसायिक उत्पादन र बजारबारे प्रस्तुतिकरण गरिएको थियो ।

व्यावसायिक गोलभेडा खेती पुस्तक लेखेका र आफ्नै सहकारीमार्फत वार्षिक करोडौँ रुपैयाको तरकारी उत्पादन र व्यापार गराएको अनुभव भएका सेफ फुडका अभियानकर्मी यन्द्योलाई किसानले समय कम भएका कारण कुरिो,च्याउलगायत खेतीबारे आफ्ना सबै जिज्ञाषा भने मेटाउन पाएनन् ।

सरकारी निकाय कृषि ज्ञान केन्द्रबाट खासै तालिम र सहयोग नपाएको गुनासो गर्ने स्थानीय किसानले यस्ता विज्ञलाई भेट्दा धेरै खुल्दुली हुनु स्वभाविक हो । विज्ञ यन्द्योले टेलिफोन र अनलाइन माध्यमबाट पनि किसानलाई परामर्श दिँदै आएका छन् । विषादीरहित उत्पादन गर्ने किसानले उनीहरुकै मूल्यमा बजारमा उत्पादन नि सक्न स्थिति छ ।

न्गरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले यस्ता तालिममा पालिकाको तर्फबाट पनि सहयोग हुने उल्लेख गर्दै रासायनिक मलले केही वर्षपछि जमिन नै मरुभूमिमा परिणत हुने खतरा आएका बेला प्राङ्गारिक अभियान सञ्चालन गर्नुपर्ने बताए ।

 

तालिममा  तरकारी खेतीका नर्सरीदेखि नै रासायनिक मल र माटोको प्रयोग नगरी बीउ उत्पादन गर्न सिकाइएको थियो । प्लाष्टिक ट्रेमा कम्याट (व्याक्टेरियम), पोटासियम,गड्यौले मल र कोकोपिट मात्रा अनुसार मिसाएर त्यसका बीउ राखेमा बीउमा कुनै रोग नलाग्ने हुन्छ । बेर्ना रोपेपछि झोल मल प्रयोग गरेर त्यसलाई हुर्काउन सकिन्छ ।

तरकारी फेद कुहिने,अगौटा डढुवा,सेतो ढुसी,साउथन ब्लाइट,लिफ मोल्डलगायत रोग लाग्ने भएकाले कसरी उपचार गर्ने भन्ने विधि पनि किसानले थाहा पाएका छन् । पासाङल्हामु मार्गको सडक निमौण नभइसकेकाले यहाँका किसानको उत्पादलाई सहजरुपमा काठमाडौँ लान नसकिने गुनासो छ ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्राप्त व्यवसायाी कँडेलले किसानलाई ज्ञान र सीपमा पोख्त बनाएर उनीहरुको मेहेनत अनुसारको प्रतिफल आओस् र स्वरोजगारबाटै धनी होऊन भन्ने आफूहरुको भावना रहेको बताए । त्यसका लागि आफूले व्यक्तिगत सहयोगको क्रमलाई निरन्तरता दिने पनि बताए ।


प्राङ्गारिक कृषि विज्ञसमेत रहेका किशोर लोहनीले धेरै समयको प्रयासपछि यन्द्योजस्ता विज्ञलाई गाउँमा ल्यान सकिएको र अव स्थानीय किसानले गरिखान सक्ने विश्वास बढेको बताए । सरकारले कृषिका लागि अनुदान पनि दिन थालेकाले गाउँ–गाउँमा व्यावसायिक खेतीको क्रम भने बढ्दो छ ।