प्रधानमन्त्री देउवा बेलायत प्रस्थान – Himalayan Dainik

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान


प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ ।