राप्रपाको महाधिवेशन मिति परिमार्जन – Himalayan Dainik

राप्रपाको महाधिवेशन मिति परिमार्जन


राप्रपाको महाधिवेशन मिति परिमार्जन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको मिति सरेको छ ।

यसअघि कात्तिक २७ गतेदेखि ३० गते हुने निर्णय भएतापनि त्यसमा पुन मिति परिमार्जन गरिएको हो । बिहीबार बसेको केन्द्रीय विशेष कमिटी बैठकले महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । महाधिवशन केन्द्रीय प्रसार समिति सदस्य जनकराज पाठकले पूर्वनिर्धारित तालिकाभन्दा करिब २ साता पर सारिएको जानकारी दिनुभयो ।

राप्रपाले केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेपनि तल्ला तहका अधिवेशन पनि हुनसकेको छैन ।