अध्यक्ष नेपाल र राजदूत बोरबावबीच शिष्टाचार भेट – Himalayan Dainik

अध्यक्ष नेपाल र राजदूत बोरबावबीच शिष्टाचार भेट


अध्यक्ष नेपाल र राजदूत बोरबावबीच शिष्टाचार भेट

काठमााडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।