केन्द्रीय सदस्य भए पनि महाधिवेशन कहिले हुन्छ थाहा छैन : नेता थापा – Himalayan Dainik

केन्द्रीय सदस्य भए पनि महाधिवेशन कहिले हुन्छ थाहा छैन : नेता थापा


केन्द्रीय सदस्य भए पनि महाधिवेशन कहिले हुन्छ थाहा छैन : नेता थापा

काठमाडौँ –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन अनिश्चित बनेको बताएका छन् । मंगलबार गोकर्णेश्वर नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले आफू कांग्रेसको केन्द्रीय सदस्य भए पनि महाधिवेशनको बारेमा थाह नभएको बताए ।

“म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ भनेर सोध्नुहुन्छ भने मैले ढाट्नु हुन्न, मलाई थाहा छैन,” उनले भने । नेता थापाले नेता थापाले दसैँपछि महाधिवेशन गर्ने नेतृत्वले भने पनि कुन दसैँको कुरा गरेको आफूले सोचिरहेको बताए । “मलाई डर के छ भने दसैँ त दसैँ कहिलेको दसैँ हो रु,” उनले भने ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बिनासल्लाह मन्त्रिपरिषद् विस्तार गरेको तर्फ संकेत गर्दै नेता थापाले विधानले मन्त्री बनाउँदा संसदीय बोर्डको बैठक बस्नुपर्छ भने पनि विधानको पालना नगरिएको बताए । नेतृत्वले विधानलाई मान्दै नमानेको उनको भनाइ छ । “पार्टी सुधार गर्ने हो भने १४औँ महाधिवेशनमा देशमा संविधान मानेजस्तै पार्टीमा पनि विधान मान्ने परिपार्टी निर्माण गर्ने संकल्प गर्नुपर्छ,” उनले भने ।