गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो – Himalayan Dainik

गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो


गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो

गोरखा – गोरखाको गोरखा दरबारबाट काठमाडौंको हनुमानढोका फूलपाती पठाइएको छ । आज बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको हो ।

गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्राउने कार्यक्रम छ । गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती संकलन गरिएको थियो । जंगलमा गएर नवपत्रिकाहरु अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदो लगायत रहेको छ ।