एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित – Himalayan Dainik

एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित


एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

बार्सिलोना, २५ असोज – गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्नेछ । ६ महिना अवधि थप्नेबारे सहमति भएको छ।

यो पनि आईसीसीको बैठकले नै निर्णय गर्नेछ । यी सबै विषयहरुमा आईसीसीमा एकैचोटी टेबुल हुन्छ । सन् २०१९- २०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ । त्यो अगावै आईसीसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु गर्ने तयारी संघले थालेको छ ।