६१ जिल्लाका कर्जा असुली सहजकर्तालाई आधारभूत तालिम – Himalayan Dainik

६१ जिल्लाका कर्जा असुली सहजकर्तालाई आधारभूत तालिम


६१ जिल्लाका कर्जा असुली सहजकर्तालाई आधारभूत तालिम

काठमाडौं – कर्जा असुली सहजकर्ताहरुलाई युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तालिम प्रदान गरेको छ । ६१ जिल्लाका सहजकर्ताहरुलाई २ दिनसम्म आधारभूत तालिम प्रदान गरिएको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए ।

कोषको लक्ष्य, उद्देश्य, समस्त कार्यक्रम, लगानी प्रक्रिया, अनुगमन प्रक्रिया, तालिम, बिमा, सरकारी लेखा, कर्जा असूली, कारबाही प्रक्रिया, उत्प्रेरणा लगायत सहजकर्ताहरुको जिम्मेवारी र भूमिका विषयमा तालिम प्रदान गरिएको हो । तालिम निकै प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।

तालिमबाट सिकेको ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्नुपर्ने कार्यकारी निर्देशक अधिकारीले बताए । कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले तालिमको उद्घाटन गरेका थिए । शाखा प्रमुख नरबहादुर साउदले तालिमको संयोजन गरेका थिए भने कार्यक्रम सञ्चालन कोषका तालिम अधिकृत जनकप्रसाद पाण्डेले गरेका थिए ।