महाधिवेशन प्रतिनिधि हारे पनि कांग्रेसको जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने – Himalayan Dainik

महाधिवेशन प्रतिनिधि हारे पनि कांग्रेसको जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने


महाधिवेशन प्रतिनिधि हारे पनि कांग्रेसको जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

काठमाडौँ – नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार हुन पाउने बताएको छ ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सोमबार पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन् ।

यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ ।