ज्यापू समाज ललितपुरको अध्यक्षमा तीर्थलाल महर्जन चयन – Himalayan Dainik

ज्यापू समाज ललितपुरको अध्यक्षमा तीर्थलाल महर्जन चयन


ज्यापू समाज ललितपुरको अध्यक्षमा तीर्थलाल महर्जन चयन

ललितपुर – ललितपुर महानगरका ४० वटा टोलमा रहेका ज्यापु समुदायको साझा संस्था ‘ज्यापु समाज ललितपुर’को अध्यक्षमा स्थानीय गछें टोलका तीर्थलाल महर्जन आगामी तीन वर्षका लागि सर्वसम्मत चयन भएका छन् ।

यसअघिको तीन कार्यकाल अर्थात ९ वर्षसम्म सो समाजको वरिष्ठ उपाध्यक्ष र त्यसअघि युवा समितिको संयोजकको अनुभव बटुलिसकेका तीर्थलाल महर्जन ज्यापू समाज ललितपुरले धोविघाटमा यसैवर्ष निर्माण सम्पन्न गरेको ज्यापू समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन निर्माण समितिको निर्देशक पनि थिए । उनी प्रयागपोखरीस्थित श्री गणेश वहुउद्येश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष पनि हुन् ।

अध्यक्ष महर्जन विगत ३५ वर्षदेखि सञ्चालित श्री दक्षिण वाराही परम्परागत इँटा उद्योग र ओमश्री मछिन्द्रनाथ इँटा उद्योगका प्रवन्ध सञ्चालक पनि हुन । समाजको निर्वतमान अध्यक्ष चन्द्र महर्जन, वरिष्ठ उपाध्यक्षमा सन्तमान महर्जन, प्रथम उपाध्यक्षमा सविना महर्जन, द्वित्तिय उपाध्यक्षमा मोहन व्यन्जनकार, तृतीय उपाध्यक्षमा चन्द्रमान महर्जन र चतुर्थ उपाध्यक्षमा किरण डंगोल चयन भएका छन् ।

यसैगरि सचिवमा सरीता महर्जन, कोषाध्यक्षमा बालकृष्ण महर्जन, वरिष्ठ सहसचिवमा सुरेन्द्र महर्जन, प्रथम सहसचिवमा सरीता अवाले, द्वित्तिय सहसचिवमा बाबुराजा महर्जन र सहकोषाध्यक्षमा कृष्ण अवाले चयन भएका छन् । समाजको कार्यकारीणी सदस्यहरुमा प्रमिला महर्जन, चक्रमान महर्जन, नरेश महर्जन, विष्णुहरि महर्जन, शर्मिला महर्जन, दिनेश महर्जन, मदन महर्जन, मञ्जु महर्जन, बुद्धरत्न डंगोल, रमिता महर्जन र रत्नलाल महर्जन छन् । कार्यकारिणी समितिमा पुर्वमन्त्री सिद्धिलाल सिंह र सांसद कृष्णलाल महर्जन मानार्थ सदस्य रहेका छन् ।