जापानको प्रधानमन्त्रीमा फुमियो किशिदा – Himalayan Dainik

जापानको प्रधानमन्त्रीमा फुमियो किशिदा


जापानको प्रधानमन्त्रीमा फुमियो किशिदा

जापान – फुमियो किशिदा जापानको प्रधानमन्त्री बनेका छन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता बनेका ६४ वर्षीय किशिदा प्रधानमन्त्री हुने निश्चित थियो । जापानको संसदको दुवै सदनले निर्वाचित गरेसँगै उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरे ।

निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका किशिदाले यसअघि विदेशमन्त्रीको रूपमा काम गरेका थिए । उनले महामारीपछिको अर्थतन्त्रलाई पुनः उत्थान, उत्तर कोरियाबाट हुनसक्ने खतरालगायत कठिन मुद्दाको सामना गर्नुपर्नेछ । साथै महामारीकाबीच ओलम्पिकको आयोजना गरी लोकप्रियता गुमाएको एलडीपीलाई आउने चुनावमा जिताउने जिम्मेवारी पनि उनको काँधमा छ । बीबीसी