काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट आज ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ ।
कोरोना महामारी जारी रहेको भन्दै कांग्रेसको महाधिवेशन तत्कालका लागि रोक्न माग गरी कांग्रेसका तर्फबाट वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका नरोत्तम वैद्यले सर्वोच्च अदालतमा लगेको रिट आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको थियो ।
प्रधान्यायाधीश जबराले आज दुईवटा मात्र मुद्दा हेरेपछि सो इजलासमा परेका सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् ।