नयाँलाई पनि ठाउँ दिनुपर्छ: नायिका संचिता लुइटेल – Himalayan Dainik

नयाँलाई पनि ठाउँ दिनुपर्छ: नायिका संचिता लुइटेल


नयाँलाई पनि ठाउँ दिनुपर्छ: नायिका संचिता लुइटेल

काठमाडौँ – नायिका संचिता लुइटेलले नयाँ कलाकारहरुलाई पनि अवसर दिनुपर्ने बताएकी छिन् ।

चलचित्र ‘म राजेश हमाल’मा काम गर्न तयारमा रहेकी उनले उक्त टिमले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै यो चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको बताएकी छिन् ।

संचिताले यो चलचित्रमा आफ्नो भूमिका केही फरक रहेको र दर्शकमा पनि चलचित्रबाट राम्रो सन्देश जाने देखेपछि काम गर्ने सोच बनाएको बताइन् । नायिका लुइटेलले भनिन्–‘हामीले एकपछि अर्को चलचित्रमा काम गर्ने कुनै समय थियो । सधै समय एकनाश हुन्छ भन्ने पनि होइन । अहिले चलचित्र क्षेत्रमा नयाँ नयाँ अनुहार भित्रिएका छन् । नयाँलाई पनि अवसर दिनुपर्छ । अब, हामीले चलचित्रमा काम गर्ने मात्र भन्दा पनि दर्शकलाई नयाँ के दिने भन्ने बिषयमा सोच्नुपर्छ । म जस्तै अरु कलाकारमा पनि यस्तै सोच आएको हुनुपर्छ ।’