भरतमणि पौडेल ‘कमेडी च्याम्पियन’को फाइनलमा प्रवेश – Himalayan Dainik

भरतमणि पौडेल ‘कमेडी च्याम्पियन’को फाइनलमा प्रवेश


भरतमणि पौडेल ‘कमेडी च्याम्पियन’को फाइनलमा प्रवेश

काठमाडौँ – रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी  भरतमणि पौडेल पफर्मर अफ द राउन्ड हुँदै फाइनल प्रवेश गरेका छन् । शनिबार साँझ भरतमणिले पूर्व युवराज पारस शाहको हुबहु नक्कल गरेर प्रस्तुति दिएका थिए ।

पारशकाे क्यारिकेचरका क्रममा उनले पारशकै बाेली, हाउभाउ गरेका थिए भने  पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिए । साथै वर्तमान राजनीतिक परिस्थितिप्रति उनकाे कटु व्यङ्ग्य दर्शकले मज्जाले रुचाए । उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले सीधै फाइनलमा प्रवेश गराएका हुन् । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएकाे छ ।

त्यस्तै नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले कमेडियन भरतमणि पौडेलको प्रतिभाले देशका सीमा छिचोल्ने बताएका छन् । भरतमणिलाई योगेशले सहयोग गर्दै आएका छन् । यसअघि उनले भरतमणिलाई हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणि भन्दै भोटका लागि अपिल गरेका थिए । योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको छ ।

योगेशको संयोजनमा उनले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको छ । उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ । आफ्नै क्यारिकेचर हेरेपछि योगेश भरतमणिका पक्षमा उभिएका थिए ।