भारतीय नोटसहित एकजना पक्राउ – Himalayan Dainik

भारतीय नोटसहित एकजना पक्राउ


भारतीय नोटसहित एकजना पक्राउ

रौतहट – प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले रौतहटबाट एकजनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-५ मेनचौकबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।