मन्त्रिपरिषद् बैठक बस्दै – Himalayan Dainik

मन्त्रिपरिषद् बैठक बस्दै


मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बालुवाटार श्रोतले जानकारी दिएको छ ।

यसबाहेक अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने अनुमान गरिएको छ । तालिबान लडाकुले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरुको उद्दार गर्न विपक्षी नेताहरुले माग गर्दै आएका छन् ।