सरकारद्वारा अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय – Himalayan Dainik

सरकारद्वारा अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय


सरकारद्वारा अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

काठमाडौँ – सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज विहान मन्त्रिपरिषद्को बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भिड बढेको छ ।

त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरु कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको छैन । यसअघि सरकारले आइतबार अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ । त्यसका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको छ ।