दुई महिना अन्धकार बनेको मादीको सिक्लेसमा केन्द्रीय प्रशारणको बिजुली पुग्यो – Himalayan Dainik

दुई महिना अन्धकार बनेको मादीको सिक्लेसमा केन्द्रीय प्रशारणको बिजुली पुग्यो


दुई महिना अन्धकार बनेको मादीको सिक्लेसमा केन्द्रीय प्रशारणको बिजुली पुग्यो

कास्की – कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको बिजुली पु¥याइएको छ । बाढीले विद्युत आयोजनामा क्षति पु¥याउँदा पर्यटकीय गन्तव्य समेत रहेको सिक्लेस सहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधूरी असार १ देखी अन्धकारमा बस्न बाध्य थिए ।

शुरुआतमा सिक्लेमा स्थानीय लघुजलविद्युत आयोजनाबाट बिजुली बाल्ने गरिएको थियो । पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले सिक्लेस हाइड्रो पावरमा क्षति पुगेपछि गाउँनै अँध्यारोमा बस्न बाध्य बने ।

सिक्लेसवासीलाई दुई महिनापछि शनिबारदेखी नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारणको बिजुली दिन शुरु गरिएको हो । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शनिबार थोक मिटर बक्सको स्विच अन गरी केन्द्रीय प्रशारण लाइनको शुभारम्भ गर्नुभएको थियो ।

सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामूहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमानै बिजुली बालिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।