गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ चर्चामा – Himalayan Dainik

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ चर्चामा


गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ चर्चामा

काठमाडौँ – गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ
। भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित उक्त म्युजिक
भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो ।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको उक्त गीतलाई हस्त लामा
हार्दिकले शब्द र संगीत,दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने जोगलाल
लामाले एरेन्ज गरेका हुन । सुर्य लामाले ड्रोन,सम्पादन र छायांकन गरेको भिडियोलाई निर्मल कुमार लामा(बिजी)ले निर्देशन गरेका हुन ।

उक्त बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बरिष्ठसंगीतकार एंव गायक चन्द्र कुमार दोङ्ले सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबा, प्रेम लोप्चन,सुवास लामा, विश्व दोङ, अभि लामा, अनिता लामा, अमिर दोङ, आशमान लोप्चन,अशोक तामाङ लगायत चर्चित कलाकारहरुको उपस्थित रहेको थियो ।