अध्यक्ष केपी राजनेता हुन्, फेरि फर्केर आउँछन्: सांसद भट्टराई – Himalayan Dainik

अध्यक्ष केपी राजनेता हुन्, फेरि फर्केर आउँछन्: सांसद भट्टराई


अध्यक्ष केपी राजनेता हुन्, फेरि फर्केर आउँछन्: सांसद भट्टराई

काठमाडौँ – सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनी पुनः सत्तामा फर्किने दावी गरेका छन् ।

आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले भने ‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन, ‘फेरि पनि राजनेता फर्केर आउँछ ।’

कुनै पनि नेता राजनेता हुनलाई मुलुकको सडक, सदन र सरकार ऊबाट गाइडेड हुनुपर्ने र उसका विचारले प्रभावित हुनुपर्ने बताएका भट्टराईले ओलीको पनि सबैतिर प्रभाव फैलिएको दावी गरे ।