ओली र माधव नेपालबीच भेटवार्ता हुँदै – Himalayan Dainik

ओली र माधव नेपालबीच भेटवार्ता हुँदै


ओली र माधव नेपालबीच भेटवार्ता हुँदै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो । नेता नेम्वाङले भन्नुभयो, ‘दुई नेताबीच भेटवार्ता हुने करिब पक्का भएको छ, तर समय र स्थान तय हुन बाँकी छ ।’