काठमाडौँ – मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको रातोपाटीलाई बताए । अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने उनको भनाइ छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैन ।यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए ।