नेता भीम रावलले राजीनामा फिर्ता लिए – Himalayan Dainik

नेता भीम रावलले राजीनामा फिर्ता लिए


नेता भीम रावलले  राजीनामा फिर्ता लिए

काठमाडौँ, ८ साउन – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् ।

शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष रावलले भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।