एनआईसीमा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्ने विजेतालाई आईफोन–१२ र १८ जनालाई स्मार्टवाच – Himalayan Dainik

एनआईसीमा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्ने विजेतालाई आईफोन–१२ र १८ जनालाई स्मार्टवाच


एनआईसीमा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्ने विजेतालाई आईफोन–१२ र १८ जनालाई स्मार्टवाच

काठमाडौँ, ६ साउन – एनआईसी एशिया बैंकले आयोजना गरेको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छन् ।

२०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागी महानुभावहरू मध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन् । उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि सब्मिटेड सम्मको प्रकृया देखिने गरी स्क्रिनसट शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा च्यालेन्ज एक्सेप्टेड लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिनसट पोष्ट गर्ने, उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा  उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्नुहुने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भएका छन् । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौँका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की छन् । साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौँकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौँकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा ९आईफोन–१२ विजेता समेत० तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जिते ।